काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरू राजनीतिक दल दर्तातर्फ आकर्षित हुँदै गएको प्रवृत्तिप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी बन्न जेनजी समूहभित्र पार्टी दर्ताको होड चलिरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।