देशभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौं - देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ ।
बुलेटिनअनुसार आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ । यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी विशेषगरी, एक-दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ । विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूसंग विभागले आग्रह गरेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस