काठमाडौं - सोमबार बिहानै बिद्यार्थीलाई बसले ठक्कर दिएपछि काठमाडौंको चावहिल सडकखण्ड तनावग्रस्त बनेको छ ।

 बा ७ ख ५९३० नम्बरको बसले पशुपति क्याम्पसमा बिबिएस अध्ययनरत २१ बर्षीया छात्रा सृष्टि पन्तलाई सुकेधारामा ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरूले यातायात अवरुद्ध पारी गाडीमा तोडफोड गरेका छन् ।

पन्तलाई ठक्कर दिएर बस भागेपछि आक्रोशित विद्यार्थीहरूले अन्य गाडीमा समेत आगजनी गरेका हुन् ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।