काठमाडौं - नेकपा एमालेका नेता राजेन्द्र प्रसाद गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि प्रचार विभाग प्रमुख समेत रहेका गौतमले जारी ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको गौतमले बताए ।