प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने तयारीमा सोपान : कम्पनीका सबै सूचकहरू उत्साहजनक
काठमाडौं - सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने तयारी थालेको छ ।
कम्पनीको वैशाख २२ गते बस्ने वार्षिक साधारण सभामा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्ताव पेस हुने र सेयर निष्कासन अनुमतिका लागी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीले बताएको छ ।
सोपानमा प्रतिष्ठित व्यवसायी उपेन्द्र महतो, वीरेन्द्रप्रसाद महतो, रामेश्वर रिजाल, ताराप्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, वसन्तचन्द्र मरहट्टा, नवराज पोखरेल लगायतको लगानी छ।
कम्पनीले कान्तिपुर इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, सोपान फर्मास्युटिकल्स, मोल्निया पावर, मैलुङ खोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, सोपान प्रोपर्टिज लगायतमा लगानी गरेको छ।
सेयर मार्केट भ्यालूमा कम्पनीको प्रति सेयर नेटवर्थ ४५० रुपैयाँभन्दा बढी रहेको कम्पनीको भनाइ छ सोपान मल्टिपल २०६५ सालमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनी हो। यसले शिक्षा, स्वास्थ्य, जलविद्युत, रियल स्टेट र पूर्वाधारका क्षेत्रमा लगायतका क्षेत्रमा राम्रै लगानी रहेको छ ।
कम्पनीका सबै सूचकहरू राम्रो रहेकोले प्रिमियम मूल्यमा सेयर निष्कासनको लागि अनुमति पाउन कुनै समस्या नभएको सेयर बजारका विज्ञहरूको भनाइ छ।
फेसबुक पेज Like गर्नुहोस