काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन्।

विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।

न्यौपानेले एमालेबाट राष्ट्रिय सभा सदस्य छिन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकामा मेयरको उमेदवार बनेकी थिइन् ।