सार्वजनिक यातायातमा तोकिएभन्दा चर्को भाडा, यात्रु मर्कामा
खबर एक्सप्रेस
२०७७-०४-०९ ०८:४३ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ ।
सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न थालेका हुन् । काठमाडौंका विभिन्न रुटमा बस सञ्चालन भए पनि यात्रुको अभावमा बसका सिटहरु भने रित्तै जस्तो देखिने गरेका छन् ।
लकडाउन अगाडि र लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिर गएको र उनीहरु उपत्यका फर्कन नपाएपछि बसमा यात्रा गर्नेहरुको कमी देखिएको हो ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस