काठमाडौं - सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा यही मंसिर ११ गते अन्तिम सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्दै मंसिर ११ गतेका लागि पूर्ण इजलासको पेशी तोकेको हो ।

अन्तरिम आदेशमा मुख्यमन्त्री सरोज यादवलाई कुनैपनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध कृष्णप्रसाद यादवसमेतले दिएको रिट निवेदनका आधारमा न्यायाधीश ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।