काठमाडौं - नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ।

बुधबार सुरु हुने राष्ट्रिय भेलाको अघिल्लो दिन आज मंसिर १ गते एमालेले स्थायी कमिटी बैठक राख्न लागेको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।

‘बैठकले मंसिर २ मा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ’, उनले भने। 

त्यसैगरी मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयनका साथै समसामयिक राजनीतिक विषयमा पनि पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए।