काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अर्धठोस अवस्थाको सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गिउक्वीन रहेका छन्।
उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले निगरानी बढाउँदै चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको साथबाट दुई डल्लामा रहेको करिब ६३५.९६ ग्राम अर्धठोस सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) डुण्डिराज नेउपानेले जानकारी दिए।
उनका अनुसार झाङले उक्त सुन भित्री वस्त्र (अन्डरवेयर) भित्र लुकाएर ल्याएका थिए। प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको डीएसपी नेउपानेले बताए।

.gif)


