काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला
खबर एक्सप्रेस
२०७८-११-०६ ०८:११ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्पनजिक आज बिहान विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् । शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
अहिले यो रुटमा काठमाडौं हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाडौं आउने गाडीले नागढुङ्गामै रोकिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस