काठमाडौं - बागलुङ निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ।  एकजना मजदुर गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७ :२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर,गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवैजना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन्।