काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदैछ।

निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ।

मतदाता नामावलीप्रति दाबी–विरोधका लागि साँझ ५ बजेदेखि साढे ६ बजेसम्मको समय तोकिएको छ।

प्राप्त दाबी–विरोधमाथि जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्म समय निर्धारण गरिएको छ।

जाँचबुझपछि साँझ साढे ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनअन्तर्गत मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका छ। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्दै बिहीबार बिहानदेखि मतदान हुने तय भएको छ।