काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक दिशा, विधान संशोधन तथा आर्थिक अवस्थालगायत विषयमा छलफल हुनेछ ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। त्यस्तै, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनलाई अन्तिम रूप दिनुअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकसमेत आज खुलामञ्चमै बस्दैछ।

बैठकले सभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझाव तथा निर्णय गर्नेछ।