विराटनगर - मोरङमा घरेलु विवादले भयावह रूप लिँदा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । घटना मंगलबार बिहान रंगेली नगरपालिका–५ अन्तर्गत धनपट्टीस्थित ससुराली घरमा भएको हो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेपछि श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए। घटना बिहान करिब २:४५ बजेतिर भएको प्रहरीले जनाएको छ।