अगामी निर्वाचनबाट एमालेले फेरि सरकार बनाउँछ : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले नै सरकारमा आउने दाबी गरेका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति अनिश्चित भए पनि परिणाम भने सुनिश्चित रहेको दाबी गरेका हुन् ।
ओलीले भने- ‘फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ । तर हामी चुनाव पर्खिरहेका छौँ । जहिले चुनाव हुन्छ, म सबैले सुन्नेगरी भन्न चाहन्छु। अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो ।’
ओलीले आफ्नो पार्टीलाई विशाल नदीको बाढीसँग तुलना गर्दै ‘सानातिना भाटा–साटा लगाएर’ आगामी सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए ।
वर्तमान सरकार संविधानअनुसार नचलेको आरोप गर्दै ओलीले यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउनुपर्ने आवश्यकता पनि दोहोर्याए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस