राष्ट्रपति भण्डारी जानकी मन्दिर पुगेर पूजापाठ
खबर एक्सप्रेस
२०७६-०८-१३ ११:०० मा प्रकाशित
Total Shares: 991
जनकपुरधाम - राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजापाठ गरेकी छन्। साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन आज गरिने तिल्कोत्सव समारोहमा सहभागी हुन आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिर पुगेर पूजापाठ गरेकी हुन्।
राष्ट्रपति भण्डारीसँगै पर्यटनमन्त्री योगेश भट्टराईले समेत पूजा गरेका छन्। राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ। उनलाई मन्दिर प्रवेश गर्ने वितिकै पंचकन्याले स्वागत गरेकी थिइन्। स्वागत गर्न सयौं साधुसन्त मन्दिर परिसरमा लाइन लागेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस