काठमाडौं - अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् ।

ढुङ्गानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग शुक्रबारलगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त र सीमित साथीभाइको सहभागिता छ । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले शुक्रबार विवाह गरेका हुन् ।

विवाहअघि बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो । विवाहमा सञ्चारकर्मीलाई प्रवेश दिइएकाे छैन ।

विवाहको रिप्सेसन पाटी भने आइतबार हुनेछ ।