एजेन्सी - चीन विश्वका कुनै पनि भू(राजनीतिक खिचातानी र द्धन्द्धमा सामेल नहुने चिनियाँ विदेशमन्त्री वाङ यीले प्रस्ट पारेका छन् ।

विदेशमन्त्री यीले सोमबार एएफपीसँग कुरा गर्दै विश्वका कुनै पनि भू(राजनीतिक द्धन्द्धमा चीन सहभागी नहुने बताएका हुन् । स्वार्थ पूरा गर्न शक्तिराष्ट्रको राजनीतिक खेलमा चीन कहिल्यै संलग्न नहुने उनको भनाइ छ ।

विश्वका गम्भीर र महत्वपूर्ण मुद्दामा रचनात्मक भूमिका निभाउन चीन सधैँ तयार रहेको समेत विदेशमन्त्री यीले बताए । विश्वका हरेक समस्या संयुक्त राष्ट्रसंघको मुख्य पहलमा हुनुपर्ने समेत यीले बताए ।

त्यस्तै सिरियाली द्धन्द्धको राजनीतिक समाधान खोज्नु पर्ने समेत यीको भनाइ छ । सिरियाली द्धन्द्धको हकमा चीनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा पारित प्रस्तावलाई समर्थन गर्ने र सिरियाली नागरिकको नेतृत्व र स्वामित्वमा नै त्यहाँको द्धन्द्ध समाधान गर्नुपर्न यीले बताए ।

द्धन्द्ध समाधान गर्ने क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शक्तिले सिरियाली सरकार र नागरिकलाई सहयोग गर्नुपर्ने समेत विदेशमन्त्री यीले प्रस्ट पारे ।

साथै उत्तरी सिरियामा टर्कीले गरेको सैन्य कारबाहीको समेत यीले विरोध गरेका छन् । सिरियाली द्धन्द्धको सैन्य समाधान नरहेको भन्दै टर्कीको विरोध गरेका हुन् ।