संसद विघटनविरुद्धको रिटमा सुनुवाइ जारी, यसरी हुँदैछ बहस
काठमाडौं - प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ जारी छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ जारी भएकाे हो ।
बिहिबार प्रधानन्यायाधीश जबराको बेन्चमा १९ रिटमाथि सुनुवाइ हुनेछ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पीआईएल)को अधिकार प्रयोग गरेर दायर गरेका छन् ।
पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । कोरोना महामारीबीच भएको सुनुवाइमा प्रधानन्यायाधीश जबराले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सुरु गरेका छन् । सुनुवाइ शुरु गर्नु अघि जबराले सबै रिट निवेदकलाई बाहिर पठाएका थिए । कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।
संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस