प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 29
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् ।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस