काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा देखिएको प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्ने निर्णय गरेको छ ।

सोमबार ६३ जना उपसचिव वा सो सरहका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा खटाउने निर्णय गरिएको हो ।

खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।

यससँगै लामो समयदेखि प्रशासनिक नेतृत्वविहीन रहेका स्थानीय तहहरूमा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।