काठमाडौं - हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने भएका छन् ।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले भदौ १५ देखि मात्रै अन्तर जिल्ला यातायात, बाह्य तथा आन्तरिक हवाई उडान खोल्न मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।

यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको बैठकले कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको २० वटा प्रवेश बिन्दुमध्ये १० वटामात्र खुल्ला गरिनेछ ।

अन्यत्रबाट आउनेहरुलाई भने पूर्ण रुपमा निशेष गरिनेछ । यो प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै कार्यान्वयन हुनेछ । मन्त्रिपरिषदको बैठक भोलि बस्दैछ ।