श्रम स्वीकृति लिएका ४ हजार विदेश जान पाएनन्
काठमाडौं - कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक पहल नगर्दा विदेश जान नपाएका हुन् ।
हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको बताए ।
। “श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा भने नेपाली गएका छन्,” प्रवक्ता घिमिरेले भने, “अन्य देश जाने श्रमिकको हकमा भने कसरी पठाउने भन्नेबारे कुटनीतिक पहल गरिने बताए ।”
कारोबार दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस