यूएनका क्रियाकलापप्रति सरकारको आपत्ति
खबर एक्सप्रेस
२०७६-०७-०५ ११:०० मा प्रकाशित
Total Shares: 1581
काठमाडौं - महिला हिंसा, संक्रमणकालीन न्यायलगायत विषयमा संयुक्त राष्ट्रसंघ (यूएन)ले अन्य अन्य मुलुकसँग मिलेर टिप्पणी गरेको भन्दै सरकारले आपत्ती जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित यूएन कार्यालयको पछिल्लो क्रियाकलापलाई लिएर सोमबार पत्रकारमाझ आपत्ति जनाएका हुन् ।
नेपालस्थित यूएन कार्यालयले पछिल्लो पटक असोज १७ गते नेपालमा रहेका अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विटजरल्यान्ड र बेलायतका दूतावासहरुसँग मिलेर महिलाविरुद्ध हिंसाका बारेमा संयुक्त विज्ञप्ति निकालेको थियो ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस