कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णयगरेपछि आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकमा १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते अपराह्न १ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्। सर्वोच्च अदालतले एकिकृत नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला गर्नु र त्यसलगत्तै माओवादीले पनि कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि राजनीतिक रुपमा अल्पमतमा देखिएका ओलीले आफ्नो शक्ति परीक्षणका लागि संसद् जाने तयारी गरेको बुझिएको छ ।
फेसबुक पेज Like गर्नुहोस