काठमाडौं - सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुई जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका उनीहरुमा मंगलबार र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

तर, बुधबार विपि प्रतिष्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।