ओली र देउवाबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०८-२० ०५:०५ मा प्रकाशित
Total Shares: 63
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न ओली केही बेरअघि महाराजगञ्जस्थित देउवाकै निवास पुगेका हुन् ।
जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलोपटक भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच समसामियक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आजै सर्वपक्षीय बैठक आह्वान गरेकी थिइन् ।
प्रधानमन्त्रीले आह्वान गरेको बैठक सुरु हुनुभन्दा ठीक अगाडि कांग्रेस-एमालेका शीर्ष नेताबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस