मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी
खबर एक्सप्रेस
५४ मिनेट अगाडि
Total Shares: 5
काठमाडौं - विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाले उनलाई शिक्षा विभागको प्रमुख बनाएको छ ।
आज बसेको रास्वपा सचिवालय बैठकले सो निर्णय गरेको हो । यसअघि यो विभागमा सुमना श्रेष्ठ प्रमुख थिइन् । उनले पार्टी छोडेपछि सो पद खाली थियो ।
बैठकले डा. प्रभात अधिकारीलाई स्टार्ट अफ विभागको प्रमुखमा चयन गरेको छ । डा. अधिकारीले यसअघि रास्वपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस