यात्रुबाहक बस खोंचमा खस्दा ३३ को मृत्यु
खबर एक्सप्रेस
२०७६-०३-१६ ११:०० मा प्रकाशित
Total Shares: 2426
एजेन्सी - भारतमा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भारत प्रशासित जम्मु–काश्मिरको किस्तवाड जिल्लामा भएको सो दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।
किस्तवाडका प्रहरी उपआयुक्त अंग्रेजसिंह रानाले यात्रुबाहक बस खोंचमा झरेर सो दुर्घटना भएको बताए । रानाका अनुसार केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोंचमा झरेपछि सो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस