दैनिक कोरोना संक्रमणदर घट्यो: थप ४ जनाको मृत्यु, ८ सय ३६ जनामा संक्रमण
खबर एक्सप्रेस
२०७८-१०-२९ ०४:२६ मा प्रकाशित
Total Shares: 359
काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ८ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ६० जनाको पिसिआर परीक्षण गर्दा ४९१ जना र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ संक्रमितले ज्यान गुमाएका छन् ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस