घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७६-१२-०४ ११:५४ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । मंगलबार चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस