काठमाडौं - रुपन्देहीको तिलोत्तमा ५ जनाको सामूहिक हत्या भएको २४ घण्टा नपुग्दै फेरि अर्को विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ कुचेरामा १७ बर्षीय किशोरलाई आफै बुवाले हत्या गरेका हुन् । गएराति १७ वर्षीय किशोर सुदीप कुमाललाई आफ्नै बाबु रिम बहादुर कुमालले मदिराको नसामा बन्चरो प्रहार गरि हत्या गरेका हुन् । 

राति  सुतिरहेको छोरा सुदिपलाई बावु रिम बहादुरले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले रातोपाटीलाई बताए ।

उनले अभियुक्तले अत्याधिक मदिरा सेवन गरेको पाइएको बताए । कुमाललाई पक्राउ गरि इलाका प्रहरी कार्यालय सालझन्डीमा ल्याएर अनुसन्धान सुरु गरिएको छ । मृतक छोरा हालै भारतबाट फर्केका हुन् ।