काठमाडौँ - फिल्मभन्दा ज्यादा आफ्नो बयानका कारण चर्चामा आइरहने अभिनेत्री स्वारा भास्कर अहिले भने सम्बन्धका कारण चर्चामा छिन् ।

स्वारा पछिल्लो चार वर्षदेखि लेखक हिमांशु शर्मासँग प्रेममा थिइन् । तर, केही दिनअघि खबर आएको थियो कि उनीहरूको ब्रेकअप भएको छ । अहिले ब्रेकअपको कारण पनि बाहिर आएको छ । 

भारतीय मिडियाका अनुसार पाँच वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए । स्वाराले लामो समयदेखि हिमांशुसँग विवाहको प्रस्ताव राखिरहेकी थिइन् । तर, हिमांशुले मतलब गरिरहेका थिएनन् ।

यही कारण दुवैले सम्बन्धलाई अन्त्य गरेको बताइएको छ । हिमांशु र स्वारा कंगना रनौतको फिल्म ‘तनु वेड्स मनु रिटन्र्स’को सेटबाट नजिकिएका थिए ।