काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै  १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

काठमाडौंका  १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । 

योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। नेपालमा कोरोनाबाट १२६ जनाको मृत्यु भएको छ।