लक्ष्मी बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न
खबर एक्सप्रेस
२०७९-०९-२८ ०६:०८ मा प्रकाशित
Total Shares: 218
काठमाडौं-लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु-याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस