चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप दिने
खबर एक्सप्रेस
२०७८-०२-१२ ०५:५० मा प्रकाशित
Total Shares: 315
काठमाडौं - चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले यस्तो घोषणा गरेको हो।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपछि सीले संवादका क्रममा नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको ट्वीटमार्फत् जानकारी दिएकी छन्।
यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ।
फेसबुक पेज Like गर्नुहोस