‘गोलमाल ५’ बनाउने तयारीमा रोहित सेट्टी
खबर एक्सप्रेस
२०७६-०६-१४ ११:०० मा प्रकाशित
Total Shares: 912
काठमाडौं - बलिउडका चर्चीत फिल्म निर्देशक हुन् रोहित सेट्टी । उनी बलिउडका सबैभन्दा महँगा निर्देशक पनि हुन् ।
उनले निर्माण गरेका अधिंकाश फिल्महरुले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले सुर्यवंशी फिल्मपछि फ्रान्चाइचिज फिल्म गोलमाल ५ निर्माण गर्ने भएको छ ।
गोलमाल चार सन् २०१७ मा रिलिज भएको थियो । उनले पछिल्लो समय निर्देशन गरेको फिल्म सिम्बाले बक्स अफिसमा रेकर्ड नै राख्न सफल भएको थियो ।
कमेडी जनराको फिल्म गोलमाल ५ का लागि उनले तयारी थाल्ने समेत बताइएको छ । सुर्यवंशी फिल्ममा उनले अक्षय कुमारसँग मिलेर काम गर्दैछन् ।
फेसबुक पेज Like गर्नुहोस