गगन थापाले बानेश्वरमा बोलाए केन्द्रीय समिति बैठक
खबर एक्सप्रेस
२०८२-१०-०४ ०९:१२ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय समिति बैठक डाकेकाहुन् ।
बैठक आज बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक ब्याङ्क्वेटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ।
आधिकारिकता गुमाएको शेरबहादुर देउवापक्षको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा आगामी रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस