काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार ९आज० पदबाट राजीनामा दिएका हुन्।

साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।

हस्तलिखित राजीनामा पत्रमा उनले भनेका छन्, ‘यही २०८२/११/२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि संविधानको धारा २१६ को उपधारा ८ ९क० बमोजिम नगरप्रमुखको पदबाट राजीनामा दिएको छु ।’