आमिरले मागे माफी
काठमाडौं - अभिनेता आमिर खानले बुधबार आफ्नो ट्विटर तथा इन्स्टाग्राम एकाउन्टमा ‘मिच्छामी दुक्कडम’ लेखेर माफी मागेका छन् । उनले वर्षदिनभर जानेर वा नजानेर भएका गल्तीमा माफ गरिदिन आग्रह गरेका हुन् ।
आमिरले पछिल्ला केही वर्षदेखि ‘पर्युषण पर्व’को समाप्तिमा यस्तै सन्देश लेखेर माफी माग्ने गरेका छन् । यो पर्व जैन धर्मावलम्बीले मनाउँछन् । आमिरले यस्तो सन्देश राखेपछि उनका समर्थकले तारिफ गरेका छन् । केही प्रयोगकर्ताले सन् २०१८ मा प्रदर्शनमा आएको ‘ठग्स अफ हिन्दुस्तान’को याद दिलाउँदै फेरि यस्तो फ्लप फिल्म खेल्ने गल्ती नगर्न सुझाब दिएका छन् ।
आमिरले आफ्नो ट्विटर तथा इन्स्टाग्राम म्यासेजमा लेखेका छन्, ‘मिच्छामी दुक्कडम, यदि जानेर वा नजानेर मैले तपाईंलाई चोट पु¥याएको छु वा तपाईंको दिल दुखाएको छु भने हात जोडेर तथा शिर झुकाएर माफी माग्छु । कृपया मलाई क्षमता दिनुस् ।’
मिच्छामी दुक्कडमको अर्थ
पर्युषण पर्व जैन धर्मावलम्बीको प्रमुख चाड हो । यसलाई दशलक्षण पर्व पनि भनिन्छ । यस क्रममा जैन धर्मावलम्बीले कठोर तपस्या, उपवास र अन्य धार्मिक कार्य गर्छन् । यस पर्वको अन्तिम दिन ‘क्षमापना दिवस’ मनाइन्छ, जहाँ एक–अर्कालाई मिच्छामी दुक्कडम यो उत्तम क्षमता भनेर वर्षदिनभर भएका गल्तीको क्षमा मागिन्छ । मिच्छामी दुक्कडमको शाब्दिक अर्थ हुन्छ, ‘मैले जे पनि गलत गरेको छु, त्यो फलरहित होस् ।’
फेसबुक पेज Like गर्नुहोस