निर्मला हत्या प्रकरण : पक्राउ परे पत्रकार भण्डारी, एक घन्टाका लागि कारागार चलान
खबर एक्सप्रेस
२०७६-०८-०३ ११:०० मा प्रकाशित
Total Shares: 311
काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् ।
निर्मला पन्तको बलात्कार र हत्याबारे अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्न खोजेको भन्दै जिल्ला अदालत कञ्चनपुरले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो ।
मानसखण्ड दैनिकका सम्पादकसमेत रहेका भण्डारीले जरिवाना र कैदसमेत भुक्तान नगरेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले बताए । डीएसपी चन्दका अनुसार एक घण्टापछि उनी रिहा हुनेछन ।
फेसबुक पेज Like गर्नुहोस