काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमै गुणात्मक परिवर्तन आउने बताएका छन् । 

बुधबार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले करिब ७३ किलोमिटर लामो अत्याधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने बताएका हुन् ।