काठमाडौं - बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ।

आजको बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्ष निकालेको थियो।

समितिले जेठ महिनाको सिसिटिभी फुटेज मगाए पनि असार महिनाको मात्र फुटेज दिइएको थियो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

विवादमा आएपछि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका शर्माले राजीनामा दिएका छन्।