काभ्रेस्थली घटना: घटनास्थलमा भेटियो ‘सुसाइड नोट’,श्रीमती-छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका
खबर एक्सप्रेस
२०७९-०४-१६ ०२:१७ मा प्रकाशित
Total Shares: 304
काठमाडौं - काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनामा ‘सुसाइड नोट’ फेला परेको छ ।
तारकेश्वर नगरपालिकास्थित वडा नम्बर-२ काभ्रेस्थलीमा गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ भेटिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार नोटमा श्रीमान–श्रीमतीको बेमेलबारे केही कुरा लेखिएका छन् । पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस