विपक्षी सांसद भेला हुँदै, आजै अदालत जाने तयारी
काठमाडौं - मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी सांसदहरु सर्वोच्च अदालत जाने तयारीमा छन् । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन हुन नदिएर संसद विघटन गरेको भन्दै विपक्षीहरु सर्वोच्च जान लागेका हुन् ।
१४९ जना सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको र मन्त्रिपरिषद्को निर्णयअनुसार उल्दै संसद विघटन गरेको भन्दै विपक्षीहरु अदालत जाने तयारीमा जुटेका हुन् । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव अदालत जान लागेका हुन् ।
अदालत जानुअघि उनीहरु भेला हुन थालेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरू भेला हुन थालेका हुन् । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ ।
राष्ट्रपतिले संसद विघटन गरेपछि विपक्षी गठनबन्धनको शनिवार बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस