काठमाडौं - नेपाल प्रिमियर एनपीएलमा आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्ने भएको छ।
चितवन राइनोजविरूद्ध टस जितेर विराटनगरले बलिङ रोजेको हो। सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन्।
त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।

.gif)



