काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।
पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ। यस्तै, दोस्रो खेल अपराह्न ५ बजे सुरु हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए। एनपीएल आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

.gif)



