काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सरोकारवालाहरुसंग छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

बैठक आजै ४ बजे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची भएपनि राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेको भन्दै केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् । चुनावका लागि प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ ।

यता, निर्वाचन आयोगले पनि मनोनयन दर्ताको समय थप गर्ने तयारी गरिरहेको छ ।