विषम परिस्थितिले बल प्रयोग भयो, मेरो भूमिका थिएन : पूर्व गृहमन्त्री लेखक
काठमाडौं-पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै प्रत्यक्ष भूमिका नरहेको स्पष्ट पारेका छन् ।
लेखकसहित जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो ।
उक्त रिट निवेदनमा लिखित जवाफ पेश गर्दै लेखकले २१ जनाको ज्यान जानेगरी भएको बल प्रयोगको जिम्मा लिन अस्वीकार गरेका हुन् ।
‘गृहमन्त्रीमा बहाल रहँदासम्म पदको जिम्मेवारी निर्वाह गर्ने क्रममा विषम परिस्थिति तथा हिंसात्मक गतिविधि उत्पन्न हुन पुगेको हो । ‘त्यसमा मेरो कुनै भूमिका नरहेकाले रिट निवेदन खारेज गरियोस्,’ लेखकले लिखित जवाफमा भनेका छन् ।
लेखकले भदौ २२ गते बेलुकी बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरू तथा अधिकारीहरूले प्रदर्शन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरेको र हताहति हुन नदिन अत्यन्त न्यून बल प्रयोग गर्न निर्देशन दिएको बताएका छन् ।
उनले घुसपैठ भई बानेश्वरस्थित संसद भवन वरपर उग्र, हिंसात्मक र विध्वंसात्मक गतिविधिका कारण दुसख र अकल्पनीय घटना भएको बताएका छन् ।
उनले २१ जनाको ज्यान जानेगरी भएको घटनाले आफू अत्यन्त पीडाबोध भएको र त्यसकै नैतिक जिम्मेवारीस्वरूप सोही दिन गृहमन्त्रीबाट राजीनामा दिएको बताएका छन् । राजीनामा देइसकेकाले भदौ २४ गतेको घटनामा आफूलाई प्रश्न गर्नु नमिल्ने दाबी पनि उनले गरेका छन् ।
लेखकले थप भनेका छन्- ‘तत्कालीन गृहमन्त्रीबाट प्रधानमन्त्री समझ राजीनामा दिइसकेको हुँदा भाद्र २४ गतेको घटनाबारे मेलै पदीय जिम्मेवारी बोक्ने विषय नै भएन ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस